Section 148
सुविधा भुक्तानी गर्नु पनर्
(१) खराब आचरणको कारणले वा अन्य जुनसुकै तरिकाबाट रोजगारीअन्त्य हुँदा श्रमिकले पाउनु पर्ने पारिश्रमिक, सुविधा लगायत सम्पूर्ण रकम रोजगारी अन्त्य भएको पन्ध्र दिनभित्र रोजगारदाताले त्यस्तो श्रमिकलाई
भुक्तानी गर्नु पर्नेछ ।
(२) रोजगारदाताले सामाजिक सुरक्षा कोष, बीमावा अन्य निकायबाट श्रमिकले पाउने रकम वा सुविधा उपलब्ध गराउन आवश्यक सहयोग गर्नु पर्नेछ ।(३) उपदफा (१) बमोजिमको अवधि भित्र श्रमिकले पाउने पारिश्रमिक, सुविधा भुक्तानी नगरेमा वा उपदफा
(२) बमोजिमसहयोग नगरेमा त्यस्तो श्रमिकलाई रकम भुक्तानीनगरेसम्म सेवामा बहाल रहे सरह पारिश्रमिक भुक्तानी गर्नु पर्नेछ ।
(४) श्रमिकले पारिश्रमिक वा सुविधा लिन नआएमा रोजगारदाताले श्रमिकको खातामा सोझै भुक्तानी गर्न वा कार्यालयमा जम्मा गरिदिन सक्नेछ ।(५) उपदफा (४)बमोजिमको रकम जम्मा गर्ने र सोको भुक्तानी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।